उपरथी सिग्देलको जन्म मिति पनि विवादित, उमेर घटाउन तीनपल्ट ‘अभिलेख केरमेट’


०७:३९ बजे

काठमाडौं । भावी प्रधान सेनापतिको रोल क्रममा रहेका उपरथी अशोकराज सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमामा पनि कैफियत नै कैफियत देखिएको छ । जन्म मितिसम्बन्धी विवादित कागजात छानबिनै नगरी जंगी अड्डाले सिग्देललाई भावी प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथी पदमा बढुवाका लागि सिफारिससहितको फाइल रक्षा मन्त्रालयमा पठाइसकेको छ ।

सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्र कीर्ते गरी जन्ममिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्रधानसेनापति प्रभुराम शर्माले रिक्त रथीमा बढुवा सिफारिस सिग्देलको जन्म मितिमा कैफियत रहेको भन्दै अख्तियारमा उजुरी परेको हो । उपरथी सिग्देलको जन्म २०२१ र २०२३ साल गरी दुई पटक भएको प्रमाण फेला परेको छ ।
उनले नागरिकताको प्रतिलिपि निकाल्दा जन्म मितिमा हेरफेर गरेको पाइएको छ । त्रिविको अभिलेख र एसएलसीको अभिलेखमा तीन पटकसम्म केरमेट गरी प्रमाणपत्र बनाएको भन्दै सेनाकै कर्मचारीहरूले अख्तियार दुरुपयोग आयोगमा सिग्देलविरुद्ध उजुरी दर्ता गरेका छन् ।

रुपन्देही सिद्धार्थनगर ७ स्थायी ठेगाना भएका सिग्देलले रथीमा बढुवाको सिफारिसको लागि जन्म मितिमा हेरफेर गरी नक्कली प्रमाणपत्र पेस गरेको भन्दै बढुवा रोक्का गर्नु पर्ने माग गर्दै सेनाकै अधिकृतहरूले उजुरी हालेका हुन् । सुरुको कागजमा उनको जन्ममिति २०२१ चैत्र १९ गते कायम भएको थियो । उनले २०३९ सालमा एसएलसी परीक्षा दिँदा ८८०५९ डब्लू थियो ।

यस बखत परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले समेत विसं २०२१ साल चैत्र १९ गते नै कायम गरी तथ्याङ्क सुरक्षित गरेको छ । तर २०४३ सालमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि भक्तपुरमा रहेको सुपिङ मल्टिपल क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख केआरएस राथौडको मिलिभगतमा आफूखुसी उनको जन्ममिति २०२३ साल माघ १९ गते बदलिएको आरोप छ ।
नक्कली कागज भेटेपछि सेनाका अधिकृतहरूले उपरथी सिग्देलको बढुवा रोक्का गरिदिन भन्दै अख्तियार दुरुपयोग आयोगमा मंसिर १४ गते उजुरी दर्ता गराएका छन् भने यसअघि उनीविरुद्ध रक्षा मन्त्रालयमा समेत उजुरी दर्ता भएको छ ।

‘हाल रिक्त रहेको नेपाली सेनाको रथी पदका लागि वरिष्ठ उपरथी अशोक सिग्देलको नाम सिफारिस गरिएको छ । तर उनले आफ्नो जन्ममिति कैफियत गरी सच्याउनु भएको प्रमाण हामीलाई फेलापर्‍यो,’ सेनाको उजुरीकर्ताले भने, ‘यो कुरा हामी जुनियर अधिकृतहरूलाई थाह छ ।’ यसअघि पनि रथीमा बढुवा भएका ताराध्वज पाण्डेका विषयमा पनि प्रश्न उठेपछि पदबाट राजीनामा दिएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७