‘सीआईडी’ का इन्स्पेक्टर दिनेश फडनिसको निधन


१९ मंसिर २०८०, मंगलवार
dinesh phadnis k5Kc4523lG

मुम्बइ । भारतीय टेलिभिजन सोनीको चर्चित कार्यक्रम ‘सीआईडी’ का अभिनेता दिनेश फडनिसको निधन भएको छ । सीआईडीमा ‘इन्स्पेक्टर फ्रेडरिक’ को भूमिकामा देखिएका उनको मंगलबार निधन भएको को–स्टार दयानन्द शेट्टीले पुष्टि गरेका छन् ।

‘दिनेश लामो समयदेखि बिरामी थिए । उनलाई हृदयघात भएको थिएन । स्वास्थ्यमा समस्या देखिएपछि उनी आफै अस्पताल गएर भर्ना भएका थिए । तर, उपचारकै क्रममा उनको स्वास्थ्यमा थप जटिलता देखिएको थियो,’ शेट्टीले भाष्कर दैनिकसँग भनेका छन् ।

दिनेशले मंगलबार बिहान १२ः०८ बजे मुम्बईको तुंगा अस्पतालमा अन्तिम सास लिए । भारतीय सञ्चारमाध्यमका अनुसार ५७ वर्षीय दिनेशको मृत्यु ‘मल्टिपल अंग फेल’ का कारण भएको थियो । उनको अन्तिम संस्कार मंगलबार दिउँसो मुम्बईको बोरिवली पूर्वमा गरिने भएको छ ।

दिनेशले सन् १९९८ मा सुरु भएको टेलिभिजन कार्यक्रम सीआईडीबाट विशेष पहिचान पाएका थिए । सुरुका केही एपिसोडमा उनले कडा पुलिस इन्स्पेक्टर फ्रेडरिकको भूमिका निर्वाह गरे । पछि उनी हास्यकलाकारको रूपमा परिचित हुन थाले । यो शो सन् २०१८ सम्म सोनी टिभीमा प्रसारण भएको थियो । टिभी शो बाहेक दिनेशले मराठी फिल्महरूमा पनि काम गरेका थिए । दिनेशले ‘सरफरोश’ र ‘मेला’ जस्ता फिल्ममा काम गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७