ओलीलाई नौं वर्षीय बालककाे पत्र : पेट पाल्न विदेश जानुपर्ने अवस्थाको अन्त्य होस्


१९ मंसिर २०८०, मंगलवार
olilai patra mk

सुर्खेत । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका बालक किशोर पौडेलले स्वदेशमै काम गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

नौं वर्षीय बालक पौडेलले कापीको पानामा पत्र लेख्दै अध्यक्ष ओलीलाई युवाअवस्था पुगेसँगै पेट पाल्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘म र म जस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नको लागि विदेश जानै पर्ने अवस्थाको अन्त्य गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।’

किशोरले उक्त पत्र सामाजिक सञ्जाल फेसबुकमा हाल्दै अध्यक्ष ओलीले लेखेका छन्, ’हामीले मध्य पहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ । ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं । सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन् । यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७