सर्‍यो एकीकृत समाजवादीको महाधिवेशन, जेठ ३ देखि हुने


१९ मंसिर २०८०, मंगलवार
nekapa samajbadi

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीको महाधिवेशन सरेको छ । यसअघि माघ दोस्रो साताका लागि तय भएको महाधिवेशनको मिति जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको हो ।

एकीकृत समाजवादीको सोमबार र मंगलबार बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि पार्टी केन्द्रीय कमिटीले माघ १४–१८ मा महाधिवेशनको मिति तय गरेको थियो । तर, पछिल्ला दिनमा राष्ट्रिय सभा निर्वाचन, भूकम्प र तयारी नपुगेको कारण माघमै महाधिवेशन गर्न नसकिने भएकाले मिति परिवर्तन गरिएको खतिवडाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७