एमालेको ‘संकल्प यात्रा’ लाई माओवादीको स्वागत, जनार्दनले दिए ओलीलाई शुभकामना


१७:०१ बजे

सुर्खेत । मध्यपहाडी राजमार्गमा ‘समृद्धिका लागि संकल्प यात्रा’ को क्रममा कर्णालीको सानी भेरी किनारामा पुगेको नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले स्वागत गर्दै यात्राका लागि शुभकामना दिएका छन् ।

आज (मंगलबार) सुर्खेतबाट भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमतर्फ गएको टोलीलाई रिम्ना भन्ने ठाउँमा माओवादीले स्वागत गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको टोलीलाई स्वागत गर्दै शर्माले भूकम्प प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।

उनले एमालेको शीर्ष नेतृत्व नै संकल्प यात्राका क्रममा सो क्षेत्रमा आएकोमा अध्यक्ष ओलीलाई धन्यवाद दिएका छन् । रिम्ना जाजरकोट र रुकुम पश्चिमको सीमानामा पर्छ । शर्मा एमालेले बनाएको स्वागत गेटमै पुगेका थिए । उनी भूकम्पपछि गृहजिल्लामै छन् । ओलीले दुवै जिल्लाका भूकम्प प्रभावितहरुको अवस्था बुझ्दैछन् । सोही कार्यक्रममा एमलेका ११ सय स्वयंसेवक पनि भेला भएका छन् । अस्थायी आवास निर्माण र राहत तथा उद्दारमा खटिएका स्वयंसेवकहरुबाट जानकारी लिने कार्यक्रम रहेको एमाले नेता निरज आचार्यले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७