नाइजेरियामा सेनाको ड्रोन गाउँमा खस्यो, कम्तीमा ८५ जनाको मृत्यु


१९ मंसिर २०८०, मंगलवार
dron

नाइजेरिया । नाइजेरियाका अधिकारीहरूले आकस्मिक ड्रोन आक्रमणमा कम्तीमा ८५ सर्वसाधारणको मृत्यु भएको बताएका छन् । यो नाइजेरियाली सेनाको ड्रोनको निशाना चरमपन्थीहरू थिए तर यो संयोगवश कादुना राज्यको एउटा गाउँमा ठोक्कियो । नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार आइतबार मुस्लिमहरुको पर्व मनाउन जम्मा भएका मानिसहरुमाथि उक्त दुर्घटना भएको हो । दुर्घटनामा बाँचेका ६ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

नाइजेरियाली सेनाले इस्लामिक चरमपन्थी र आपराधिक गिरोहहरू विरुद्धको लडाइँमा ड्रोन आक्रमणको सहारा लिन्छ । देशको उत्तरपश्चिमी क्षेत्र इस्लामिक चरमपन्थी र आपराधिक गिरोहको आतंक मानिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७