नेपालमा दर्ताका लागि टिकटकले गर्‍यो पत्राचार


१९ मंसिर २०८०, मंगलवार
tiktok smart khbar

काठमाडौं । नेपालमा दर्ताका लागि टिकटकले पत्राचार गरेको छ । नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन टिकटकले इमेलमार्फत पत्राचार गरेको हो ।

सरकारले सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा अनुसार टिकटकले इमेल गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनले भने, ‘हामीले सामाजिक सञ्जालहरुलाई दर्ता प्रक्रियामा आउन भनेपछि टिकटकले पनि इमेल गरेको छ । तर, सरकारले नै बन्द गरेको टिकटक दर्ता हुने कुरा भएन ।’ हाल टिकटक बन्दको विरुद्धमा अदालतमा मुद्दा विचारधीन रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७