एनसेल शेयर विक्रीबारे प्रधानमन्त्रीले थाले गठबन्धन दलमा छलफल


१९ मंसिर २०८०, मंगलवार
pm ncell 1

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल खरिद–बिक्रीमा भएको अनियमितताबारे सरकारमा सहभागी दलहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा आबद्ध दलका शीर्ष नेता, अर्थमन्त्री, सञ्चारमन्त्री र विभिन्न विभागीय कर्मचारीसँग छलफल गरेका हुन् ।

pm ncell

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, गृहमन्त्री समेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, कांग्रेस उपसभापति धनराज गुरुङ, नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगनन्नाथ खतिवडा, सञ्चारमन्त्री रेखा शर्मा, अर्थमन्त्री प्रकाशशरण महत, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायत सहभागी छन् ।

pm ncell 2

प्रधानमन्त्री दाहालले एनसेल खरिद बिक्रीमा राजस्व छली गरेको हुनसक्ने भन्दै यसअघि नै छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

pm ncell 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७