उपप्रधानमन्त्री श्रेष्ठ गंगालाल हृदय रोग केन्द्रमा भर्ना, स्वास्थ्य अवस्था स्थिर


२० मंसिर २०८०, बुधबार
Narayankaji 2
फाइल फोटो

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ छातीमा असहज महसुस भएपछि गए राति (मंगलबार) शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् । उनको एन्जियोप्लास्टी गरिएको छ ।

उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो । उनको स्वास्थ अवस्था स्थिर रहेको स्वकीय सचिव विजय गौतमले उल्लेख गरेका छन् । मंगलबार साँझ उनी सत्ता गठबन्धनको बैठकमा सहभागी थिए ।

n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७