‘मिचोङ’ सामुन्द्रिक आँधीको प्रभाव नेपालमा : हल्का वर्षा र हिमपातको सम्भावना


२० मंसिर २०८०, बुधबार
Himal 1 scaled

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको साथै आन्ध्र प्रदेश आसपास रहेको ‘मिचोङ’ सामुन्द्रिक आँधीको समेत आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसका कारण कोशी र मधेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो पनि कोशी, मधेश र बागमतीमा आंशिकदेखी सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशीका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ । पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति कोशी, मधेश ,बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र मधेशको एक–दुई स्थानमा हल्का वर्षा हुनेछ । साथै, कोशीको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७