एमालेको ‘संकल्प यात्रा अभियान’ लुम्बिनी प्रवेश : के–के छन् आजको कार्यक्रम ?


२० मंसिर २०८०, बुधबार
7 3

रुपन्देही । ‘झुलाघाट–चिवाभञ्जाङ ‘समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत नेकपा एमालेको शीर्ष टोली लुम्बिनी प्रदेश प्रवेश गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली स्वयमले नेतृत्व गरिरहेको सो टोली मंगलबार साँझ लुम्बिनी प्रदेशको रुकुमपूर्वको कैचीमोडमा प्रवेश गरेको हो ।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीलाई पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिव पद्मा अर्यालले स्वागत गरेका छन् । आज बागलुङ हुँदै दिउँसो ३ बजे गुल्मीको वामीटक्सारमा जनसभा तय गरिएको छ ।

आज बिहानै रुकुमपूर्वको रुकुमकोटस्थित होटल लेकसिटीमा सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया गर्ने, त्यसपछि छिपृदहस्थित पिपलबोटमा कोणसभा गर्ने र १० बजे भूमे गाउँपालिकाको लुकुममा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको एमाले रुकुमपूर्वले जनाएको छ । रुकुमपूर्व सशस्त्र द्वन्द्वदेखि नै माओवादीको पकड भएको क्षेत्र मानिन्छ । अहिले यहाँ एमालेले संगठन बलियो बनाउँदै लगेको छ । उहाँ ओलीले कार्यकर्ता तथा स्थानीयका कुरा समय दिएर सुन्नत चाहेको प्रदेशका नेताहरूले बताएका छन् । मंसिर १४ देखि सुरू १९ दिनको पदयात्रा सुदूरपश्चिम र कर्णालीमा सकिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७