मेस्सी ‘एथ्लिट अफ द इयर’ घोषित


२० मंसिर २०८०, बुधबार
Messi AKPYLQybuW

काठमाडौं । अर्जेन्टिनी फुटबल कप्तान तथा अमेरिकी फुटबल क्लब इन्टर मियामीका फरवार्ड कप्तान लियोनल मेस्सी टाइम म्यागजिनको ‘एथ्लिट अफ द इयर’ घोषित भएका छन् ।

टाइम म्यागजिनले मेस्सीको अमेरिका आगमनपछि स्टेडियम पुग्ने समर्थकको संख्या, टिकट मूल्य, मर्चनडाइजको बिक्री र मेजर लिग सकर लिग हेर्ने दर्शकमा वृद्धि भएको जनाएको छ । मेस्सी गत जुलाईमा मायामीमा आबद्ध भएका थिए ।

उनले सबै प्रतिस्पर्धामा गरी १४ खेलमा ११ गोल गरेका छन् । मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा मायामीले लिग कपको उपाधि जितेको थियो । मायामीको इतिहासमै यो पहिलो ठूलो उपाधि हो । मेस्सीले मायामीसँग सम्झौता गरेर असम्भवलाई सम्भव बनाएको भन्दै अमेरिकालाई फुटबलमा परिणत गरेको टाइमले उल्लेख गरेको छ । मेस्सीसँगै जिम्न्यास्ट सिमोन बाइल्स, पौडीका माइकल फेल्प्स र एनबीए सुपर स्टार लेबरोन जेम्सले यो अवार्ड जितेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७