श्रीमतीको हत्या गरी जङ्गलमा शव फ्याँक्ने युवक पक्राउ


०७:४० बजे

धादिङ । धादिङको धुनीबेसी नगरपालिका–२ मा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । २१ बवर्षीया श्रीमती पवित्राको हत्या आरोपमा स्थानीय रामचन्द्र बलयकोटी पक्राउ परेका हुन् । उनले श्रीमतीको हत्या गरी शव धैरेनी सामुदायिक वनको बाटोमा फालेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार हत्या गरी भागेका रामचन्द्रलाई इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख देवेन्द्रबहादुर शाहको कमाण्डमा खटिएको टोलीले गएराति पक्राउ गरेको हो । उनले श्रीमतीको अनुहार, घाँटी र पाखुरासहित ८ ठाउँमा धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरीले बताएका छन् । बयलकोटीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । शाहको कमाण्डमा खटेको प्रहरी टोलीले प्राविधिक बिल्लेषण गरेर घटना घटेको ८ घण्टामै पक्राउ गर्न सफल भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७