मोबाइलमा धेरै फोन आएको भन्दै चिर्पटले हाने श्रीमतीलाई


२० मंसिर २०८०, बुधबार
mobile
सांकेतिक तस्वीर

काठमाडौँ । मोबाइल फोनको प्रयोगलाई लिएर भएको विवादका क्रममा नुवाकोटमा एक युवकले श्रीमतीलाई चिर्पटले हानेका छन् । तादी गाउँपालिका–४ सुन्दरादेवी काउले निवासी ३० वर्षीय लक्ष्मण तामाङले मोबाइलमा धेरै फोन आएको भन्दै चिर्पटले हानेर २७ वर्षीया श्रीमती सूर्यमाया तामाङलाई गम्भीर घाइते बनाएका हुन् ।

श्रीमतीको मोबाइलमा धेरै फोन आएको विषयमा भएको विवादले उग्ररुप लिँदा सूर्यमाया कुटिएकी हुन् । घटनापछि सूर्यमायालाई दुप्चेश्वर नेपाल हस्पिटल सातबिसेमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

चोटग्रस्त उनी हल्का बोल्न सक्ने अवस्थामा छिन् । अहिले उनलाई आफन्तहरूले उपचारमा सहयोग गरिरहेका छन् । कुटपिटमा संलग्न लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७