हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने


२१ मंसिर २०८०, बिहीबार
snowfall humla 3

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज (बिहीबार) दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

बिहानको समयमा तराईका थोरै भू–भागहरूमा लागेको हुस्सु मध्याह्नसम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको विभागले जनाएको छ । हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७