चितवनमा महिलालाई यौन व्यवसायमा लगाउने १० एजेण्ट पक्राउ


२१ मंसिर २०८०, बिहीबार
pakrau
सांकेतिक तस्वीर

चितवन । चितवनमा विगत दुई वर्षमा यौन व्यवसायमा लगाउने १० जना एजेण्टलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले चितवनका महिला पत्रकारसँगको छलफलमा उक्त कुरा बताएकी हुन् ।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८् ८९ मा यौन व्यवसायमा महिलाहरुलाई संलग्न गराउने तीन जना पुरुष र दुई जना महिला गरी पाँच जना पक्राउ परेका छन् भने गत आर्थिक वर्ष २०७९्८० मा पनि तीन पुरुष र दुई महिला गरी पाँच जना पक्राउ परेका छन् । यस आर्थिक वर्षको कात्तिकसम्म भने मानव बेचबिखनको कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीको तथ्यांक शाखाकी सहायक हवल्दार अन्जु थारुका अनुसार एजेन्टहरुले चितवनका विभिन्न होटलहरूमा यौन व्यवसाय गराएको आरोपमा पक्राउ परेका हुन् । उनले उनीहरुले चेलीबेटीलाई देह व्यापारको लागि विदेश पठाउने गरेको समेत पाइएको बताइन् । चितवनमा गत वर्ष १८ वर्षमुनिका यौन व्यवसायमा लगाइएका चार किशोरी र १८ वर्ष माथिका तीन महिलाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७