पैदल यात्रीलाई ठक्कर दिएर फरार कार चालक पक्राउ


०७:१६ बजे

काठमाडौं । सवारी दुर्घटना गराएर फरार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका–६ सुनटोलका ४५ वर्षीय जयनारायण श्रेष्ठ छन् । उनलाई प्रहरीले बुधबार सवारी साधनसहित पक्राउ गरेको हो ।

गएको सोमबार साँझ ६ः४० बजे काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारस्थित सडक खण्डमा इन्द्रायणीबाट साँखुतर्फ जाँदै गरेको अल्फाबेट नम्बर नखुलेको सेतो रङको कारले पैदलयात्री ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ ताप्के डाँडाँका रेतबहादुर तामाङलाई ठक्कर दिएको थियो । तर, चालक सवारी साधनसहित फरार भएका थिए ।

घाइतेको उपचारको क्रममा सोही दिन वीर अस्पतालमा मृत्यु भएको थियो । फरार चालक र सवारी साधनलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले आज मध्याह्न साढे १२ बजे पक्राउ गरेको हो । उनलाई प्रहरीले चाबहिलमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७