फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी


२१ मंसिर २०८०, बिहीबार
football.jpg

काठमाडौँ । इङलिस प्रिमियर लिग फुटबलमा फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । गए रातिको खेलमा नटिंघम फरेस्टसँगको खेलमा फुलहमले शानदार जित निकालेको छ । फुलहमले नटिंघमलाई ५–० गोल अन्तरले हरायो ।

यस्तै अर्को खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई र बर्नमाउथले क्रिस्टल प्यालेसलाई समान २–० गोल अन्तरले हराए । यस्तै, एस्टोन भिल्लाले म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले हराउँदा चेल्सी म्यानचेस्टर युनाइटेडसँग २ –१ गोलले पराजित भयो । प्रिमियर लिगमा आर्सनल ३६ अङ्कका साथ शीर्ष स्थानमा छ । ३४ अङ्क रहेको लिभरपुल दोस्रो र एस्टोन भिल्ला ३२ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७