एमालेको ‘संकल्प यात्रा’ को टोली आज पोखरा आइपुग्ने


११:०२ बजे

पोखरा । ‘समृद्धिका लागि संकल्प यात्रा’ मा रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको टोली आज (बिहीबार) पोखरा आइपुग्दैछ ।
मध्यपहाडी यात्राको क्रममा रहेको सबैभन्दा ठूलो सहर पोखरा महानगरमा यात्रा टोली आज बास बस्नेछ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गोतमका अनुसार हिजो गुल्मीको आमसभा सकेर टोली बागलुङ को गलकोटमा बसेको छ ।

आज बिहान गलकोटबाट हिंडेर ससदरमुकाम बागलुङ बजारमा खाना खाने र पर्वतको कुश्मा जनसभा र स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरुसँग अध्यक्ष केपी शर्मा ओलीले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । आजको यात्रामा टोलीले १२० किलोमिटर दूरी पार गर्नुपर्ने छ । हिजो करिब १५० किलोमिटर दूरी पार गरेको थियो ।

मध्यपहाडका सामाजिक आर्थिक, साँस्कृतिक अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन, स्थानीयबासीसँग अन्तरक्रिया गरेर त्यहाँका समस्याको पहिचान र समाधान उपायको खोजीमा मंसिर १४ गतेबाट एमालेले मध्यपहाडी राजमार्गको यात्रा सुरु गरेको हो ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित मंसिर १४ गते राजमार्गको पश्चिमी विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्जयाङ मा टुंगिनेछ । यात्रा अवधिभर अध्यक्ष ओली सहभागी हुनेछन् । यात्रामा करिब २ सय जनाको केन्द्रीय टोली छ भने अन्य नेता– कार्यकर्ताहरु आफ्नो आफ्नो प्रदेशमा सहभागी भइरहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७