युएईपछि आज साउदी अरेबिया पुग्दै पुटिन, भोलि मस्कोमा इरानी राष्ट्रपतिसँग भेट्दै


२१ मंसिर २०८०, बिहीबार
putin uae 120623

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबी पुगेका छन् । उनी आजै साउदी अरेबिया पुग्दैछन् । युएईमा त्यहाँका समकक्षी मोहम्मद बिन जायेदसँग द्विपक्षीय भेट गरेर साउदी अरेबियाको राजधानी रियादमा त्यहाँका युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने बताइएको छ ।

जारी इजरायल–हमास युद्धलगायतका विषयमा छलफल गर्न त्यहाँ पुगेका राष्ट्रपति पुटिनले द्विपक्षीय सम्बन्ध र इन्धनका क्षेत्रमासमेत छलफल गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पास्कोभले बताएका छन् । त्यताको भ्रमण सकाएर राति नै मस्को पुग्ने कार्यक्रम छ । भोलि इरानका राष्ट्रपति इब्राहिम रइसीसँग मस्कोमा भेट गर्ने रुसी अधिकारीहरुले बताएका छन् ।

पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले गत मार्चमा पक्राउ पुर्जी जारी गरे पनि चीनको राजधानी बेइजिङ र अहिले अरब मुलुकको भ्रमणमा निस्केका हुन् । तर, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स दुवै आइसीसी सन्धिका हस्ताक्षरकर्ता मुुलुक होइनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७