उपरथी अशोकराज सिग्देल रथीमा बढुवा, खुल्यो प्रधानसेनापति बन्ने बाटो


०७:०८ बजे

काठमाडौं । सरकारले उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ । आज (बिहीबार) बिहान बसेको मन्त्रिपरिषद बैठकले सेनाको रिक्त रथी पदमा सिग्देललाई बढुवा गरेको हो ।

जंगी अड्डामा गत शुक्रवार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गर्दै रक्षामा पत्र पठाएपछि सरकारले त्यही आधारमा निर्णय गरेको हो । २०४३ सालमा सैनिक अधिकृतका रुपमा सेनामा प्रवेश गरेका सिग्देल २५ बेसिकका सैनिक अधिकृत हुन् ।

सेनाका बलाधिकृतरथी सरोजप्रताप राणाले अवकास पाएपछि उनको ठाउँमा वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियो । तर, पाण्डेको उमेर विवादका कारण उनले दिएको राजीनामा स्वीकृत भएपछि सिग्देलको लागि रथी बढुवाको बाटो खुलेको हो ।

रथीमा बढुवासंगै सिग्देलको हालका प्रधानसेनापति प्रभुराम शर्माले अवकास पाएपछि प्रधानसेनापति बन्ने बाटो खुला भएको छ । योसंगै शर्माले भदौ २४ मा अवकास पाएपछि सिग्देल सेनाको ४५ औं प्रधानसेनापति बन्ने लगभग पक्का भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७