मन्त्रिपरिषद बैठकले गर्‍यो यस्ता तीन निर्णय


२१ मंसिर २०८०, बिहीबार
Cabinet 2 1
फाइल फोटो

काठमाडौँ । सिंहदरमा आज (बिहीबार) विहान बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । एनसेल प्रकरण छानविनको लागि समिति गठन गर्नेदेखि खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्ष नियुक्त गर्नेसम्मका निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

सञ्चारमन्त्री समेत रहेकी सरकारका प्रवक्ता रेखा शर्माका अनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविनका लागि पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

समितिमा सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आईसीएनका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन् । त्यसैगरी बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’ को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७