सर्वोच्चको न्यायाधीश सिफारिस व्यक्तिको सुनुवाइ मंसिर २७ गतेदेखि


२१ मंसिर २०८०, बिहीबार
samsadiya samiti

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका व्यक्तिहरुका विषयमा तीन दिन सुनुवाइ हुने भएको छ ।
बिहीबार बसेको संसदीय सुनुवाइ समितिले सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाका विषयमा मंसिर २४ गते छलफल गर्ने र २७, २८ र २९ गते तीन दिन सुनुवाइ गर्ने निर्णय गरेको हो ।

न्यायपरिषदको ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । समितिले यसअघि ९ मंसिरमा सर्वोच्चको न्यायाधीशमा सिफारिस व्यक्तिउपर उजुरी आह्वान गरेको थियो । हालसम्म समितिमा ९ वटा उजुरी परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७