घरजग्गा कर्जाको जोखिम भार पनि घट्यो, ५० लाखसम्मको ऋणमा सहजीकरण


१०:२७ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियलस्टेट कजा र सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा प्रतिवेदनमा जोखिम भार घटाएको उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाइ १२५ प्रतिशत कायम गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षामा उल्लेख छ । यसअघि ५० लाखभन्दा धेरै रकमको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत थियो ।

यस्तै ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाइ ६० प्रतिशत कायम गरिने भएको छ । यसैगरी, बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरलाई २०८० पुस सम्मको लागि श्रोतको रुपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेकोमा सोपश्चात् उक्त डिवेन्चरको पचास प्रतिशत रकम २०८१ असारसम्मका लागि श्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था गर्ने भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७