ट्रान्सपरेन्सी इन्टरनेसनलको चेतावनी : नेपाल ‘असफल राष्ट्रको पूर्व संकेत’


२२ मंसिर २०८०, शुक्रबार
Transparency Nepal2021 09 20 06 50 28

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले दण्डित हुनुपर्ने र दण्ड दिने जिम्मेवारी वहन गर्नेहरूबीचको सीमारेखा धमिलिएर अनुहार नछुट्टिने हुन पुगेको टिप्पणी गरेको छ ।

शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उक्त संस्थाले यसलाई असफल राष्ट्रको टड्कारो पूर्वसंकेत भएको बताएको छ । बढ्दो भ्रष्टाचार, अवैध सम्पत्ति, दण्डहीनता र कुशासनको विषयमा संसद्, सरकार र सबै राजनीतिक दलको बारम्बार ध्यानाकर्षण गराए पनि कुनै पनि पक्षले परिणाममुखी कार्य गर्न तत्परता नदेखाएकोमा ट्रान्सपरेन्सीले असन्तुष्टि व्यक्त गरेको छ ।

‘देशलाई खोक्रो बनाउँदै लगेका गम्भीर विकृतिहरू निर्मूल गर्न निर्णायक कदम नचालिएसम्म जतिसुकै चर्का नारा, ठूला भाषण र छिनमै सेलाउने मौसमी तत्परताको कुनै अर्थ नरहने सर्वविदितै छ । दण्डित हुनुपर्ने र दण्ड दिने जिम्मेवारी वहन गर्नेहरूबीचको सीमारेखा धमिलिँदै गएर अनुहार नछुट्टिने हुन पुग्नु असफल राष्ट्रको टड्कारो पूर्वसंकेत हो भन्ने तथ्यलाई समेत उपेक्षा गर्न सकिँदैन,’ वक्तव्यमा उल्लेख छ ।

अवैध धनलाई स्वतः वैध तुल्याउने बाटो खोल्ने, निहित स्वार्थ–पोषणप्रति अभिलक्षित निर्णयलाई नीतिगत निर्णयको नाम दिएर छानबिनको दायराभन्दा बाहिर राख्ने, ठूला भ्रष्टाचारका मुद्दामा कारबाही नै नचल्ने र चले पनि उच्चपदस्थलाई उन्मुक्ति दिने, पर्याप्त आम्दानीको दृश्य स्रोत नभएका सार्वजनिक व्यक्तिहरूको विलासितापूर्ण जीवन र अकुत सम्पत्तिको छानबिन नहुनेजस्ता विषयमा समेत सो संस्थाले ध्यानाकर्षण गराएको छ ।

t

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७