१४ किलो सुन ल्याउने घलेलाई दुवईदेखि नै निगरानी गरेको थियो भन्सार टोलीले


२२ मंसिर २०८०, शुक्रबार
Gold 14 kg

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख टेकराज पाण्डेले नेपालमा अवैध रुपमा भित्रिँदै छ भन्ने सूचना पहिले नै पाएको बताएका छन् । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै पाण्डेले त्रिभुवन विमानस्थलबाट करिब १० किलो सुन भित्रिँदैछ भन्ने सूचना केही दिन अघि नै सूचना प्राप्त भएको बताएका हुन् ।

tek

विमानस्थल भन्सार कार्यालयले गएराति ११ः४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो । उनले ज्याकेट बनाएर त्यसमा सुन लुकाएर ल्याएका थिए । यसअघि पाएको सूचनाको आधारमा भन्सार कर्मचारीहरूले विमानस्थलबाटै पछ्याएर पक्राउ गरेको पाण्डेले बताए । सुनसहित गए राति एयरपोर्टबाट पक्राउ परेका गोरखाका चन्द्र घले दुबईबाटै निगरानीमा रहेको खुलेको छ । भन्सार विभागमा सूचना आएपछि उनको रेकीका लागि एउटा टोली नै दुबई पठाइएको थियो ।

Gold airport

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले सुन तस्करीको विशेष सूचना केही दिनअघि नै आएको बताए । उनले भने, ‘हामीलाई नेपालमा सुन तस्करी भएर आउन लागेको विशेष सूचना आएको थियो । ५ दिनअघि नै इन्टेलिजेन्ट प्रयोग गरेर घलेलाई दुबईमा नै रेकी गरेका थियौं ।’ बुधबार नै नेपाल फर्किने टिकट काटेपनि घलेले त्यो जहाजमा उच्च पदस्थ कर्मचारी आउने चाल पाएपछि क्यान्सिल गरेर बसेको पौडेलले बताए । ‘उनले सुन अरु कसैलाई देलान् भनेर नै विमानबाट नै पक्राउ गरिएको हो । भन्सारले यति ठूलो परिणाममा सुन समाएको पहिलो पटक हो’, उनले भने ।

उनीबाट ७ वटा बिस्कुट आकारको सुन बरामद गरेको थियो । उनले उक्त सुन गोरखाका मीनबहादुर घलेको बताएका थिए । त्यसपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो । उक्त सुन प्रकरण प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा छानबिन समिति बनेको छ । उनीसहित ६ जनाको छानविन समितिलाई ६ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७