नेपाल अमेरिकालाई चीनविरुद्ध लड्ने महत्वपूर्ण थलो बन्दैछ : झलनाथ खनाल


२२ मंसिर २०८०, शुक्रबार
jn

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल अहिले चीनविरुद्ध लड्न अमेरिकाको लागि महत्वपूर्ण थलो बनेको टिप्पणी गरेका छन् ।

जनसाहित्यिक मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै खनालले एमसीसीमा व्याख्यात्मक घोषणा भने पनि अमेरिकाले नसुनेको बताए । नेपालका शासकहरु अमेरिकको दबाबको साम झुक्दै गइरहेको पनि उनले बताए ।
‘अमेरिका र भारत पैतलादेखि शिरसम्मको बल लगाएर नेपाललाई अस्थिर बनाउने खेलमा लागिरहेको छ । एमसीसीमा नेपाललाई अमेरिकाले फसायो । यो जोइन्ट प्रोग्राम हो । सुरूमा एउटा सहमति थियो । अहिले फरक कुरा सुनिदैछ । यसरी देश थप गन्जागोल बनाउने काम भइरहेका छन्’, उनले भने ।

उनले नेपालमा राजसंस्था फर्किन नसक्ने बताए । उनले भने, ‘यो पृथ्वीमा कुनै पनि चिजको जन्म हुन्छ र मृत्यु हुन्छ । त्यो जीव होस् कि सत्ता । त्यो एक पटक मरेपछि त्यसको पुनः जन्म हुँदैन । यस्तो अवस्थामा कसले उनीहरूको कुरा उठाउँछन् त्यतैपटि लाग्ने अवस्था बनेको छ । सत्ताधारी दलले जनताका कुरा उठाउँदै उठाउँदैन । हामी पनि कोठामा मात्रै बोल्छौं । सडकमा हामी छैनौं । जनताका कुनै आवाज हामी उठाउँदै उठाउँदैनौं । अनि दुर्गा प्रसाईं नेता भइराख्छ ।’

उनले प्रचण्ड नेतृत्वको सरकारले पनि काम गर्न नसकेको आरोप लगाए । देश आर्थिक रूपमा भयावह संकटबाट गइरहेको उल्लेख गर्दै कुनबेला के हुन्छ कसैलाई थाहा नभएको उनको बुझाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७