इन्भेष्टमेन्ट मेगा बैंकले गर्‍यो ऋणीले लगाएको आरोपको खण्डन


२२ मंसिर २०८०, शुक्रबार
nepal investment mega bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणीले लगाएको झुटा आरोपको खण्डन गरेको छ । बैंकका ऋणी राजेश बाँस्कोटाले आफूलाई बैंकले आत्मदाह गर्न बाध्य बनाएको भन्दै सामाजिक सञ्जालमार्फत अध्यक्ष पृथ्वीबहादुर पाण्डे र सिइओ ज्योतिप्रकाश पाण्डेलाई लेखेको एक पत्र सार्वजनिक गरेका थिए । बैंकले सो पत्रका व्यवहोराको खण्डन गरेको हो ।

ऋणी बाँस्कोटाले बैंकले स्वीकृत गरेअनुसारको कर्जा चार महिनासम्म प्रवाह नगरेको भन्ने कुरा गलत भएको बैंकले स्पष्ट पारेको छ । यस्तै किस्ता रकम असुल्नका लागि मात्र कर्जा प्रवाह गरेको, राज्यले दिँदै आएको अनुदान रकमबाट वञ्चित गरिएको, बैंकले व्यवसाय नै बन्द गराएको आदिा आरोप पनि सत्य नभएको बैंकले जनाएको छ ।

ऋणी बाँस्कोटाले बैंकका कर्मचारीलाई मानसिक यातना दिने, बैंक कर्मचारीको घरमा गई अपहरण गर्ने, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पड्काइ दिने जस्ता धम्की दिने, गाली गलौज तथा अपशब्द बोल्दै मानहानी गर्ने, शाखा कार्यालयमा गई नारा जुलुस तथा हुलहुज्जत गरी सेवा प्रवाहमा अवरोध पु¥याउने काम गरेको बैंकको आरोप छ ।

बैंकका अनुसार बाँस्कोटाको कृषि तथा पशुपालन र भिरपाखा रिर्सोटको नाममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (तत्कालीन मेगा बैंक नेपाल लिमिटेड) बाट बिभिन्न शीर्षकमा कर्जा सुविधा स्वीकृत भएको थियो । यसमा बाँस्कोटा कृषि तथा पशुपालनको नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भइसकेको र भिरपाखा रिसोर्टको नाममा स्वीकृत बिभिन्न शीर्षकको परियोजना कर्जा ऋणीको परियोजना निर्माण कार्यमा भएको प्रगतिको आधारमा प्रवाह हुने शर्त बमोजिम ऋणीलाई आंशिक कर्जा सुविधा प्रवाह भइसकेको बैंकको भनाई छ । बाँकी कर्जा रकम ऋणीको परियोजनाको प्रगति नभएको हुँदा स्वीकृत शर्तहरू मुताविक प्रवाह नभएको बैंकले स्पष्ट पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७