आर्सनललाई पछि पार्दै लिभरपुल शीर्षस्थानमा, सलाहको २०० गोल पुरा


२४ मंसिर २०८०, आईतवार
GA6ai6LXIAANz0G shmsSJP7KC scaled

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । गए रातिको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हरायो । जितसँगै ३७ अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

मोहमद सलाहले खेलको ७६औं मिनेटमा र हार्वे इलियटले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै लिभरपुललाई जिताए । सलाह लिभरपुलका लागि २ सय गोल पुरा गर्ने पाँचौँ खेलाडी पनि बनेका छन् ।

क्रिस्टल प्यालेसले खेलमा शुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । जोर्डन अय्युले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि क्रिस्टल प्यालेस ७५औँ मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७