कोशी नामाकरणमा सर्बदलीय सहमति : निशाना प्रतिपक्षी एमालेमाथि

हिजो पहिचानको नाममा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशिता लागु गर्न निर्णायक भूमिका निर्वाह गर्ने संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङको टाउको ताकी–ताकी ढुंगा हानियो । आज ओखलढुङ्गातिर यज्ञराज सुनुवारहरु, भोजपुरतिर शेरधन राई, हरि राईहरु, धनकुटातिर राजेन्द्र राई, तेह्रथुमतिर विजय सुब्बा, ताप्लेजुङतिर पासाङ्ग शेर्पा, पाँचथरतिर वसन्त नेम्बाङ र इलामतिर राम रानाहरुको टाउकोमा ढुंगा हानेर कसरी आन्दोलन बलियो हुन्छ ?


२४ मंसिर २०८०, आईतवार
Rajesh Rai Nayapage scaled

१७ फागुन २०८० । तत्कालीन प्रदेश नम्बर एकको प्रदेशसभाको दोस्रो कार्यकालको अपौचारिक सुरुवात भएको ६२ औं दिन । प्रदेशसभा बैठकमा नामाकरणको छलफल चलिरहेको थियो । छलफलमा जनता समाजवादी पार्टी (जसपा) की नेतृ तथा तत्कालीन स्वास्थ्यमन्त्री निर्मला लिम्बु धरधरी रोइन् । पटक–पटक भक्कानिइन् । प्रदेशको नाममा आफूहरुले राखेको ‘किरात–लिम्बुवान–सगरमाथा’ नाम अस्वीकृत भएपछि लिम्बू प्रदेशसभामा भक्कानिएकी थिइन् ।

१७ जेठमा मन्त्री लिम्बुले पहिचानको मुद्दा लिएर नेकपा (एमाले)का नेता मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिइन् । २६ साउन २०८० मा लिम्बु फेरि स्वास्थ्य मन्त्री बनिन् । फागुनदेखि साउनसम्म आइपुग्दा पहिचानको मुद्दा र मागको हिसाबले केही बदलाव आएको थिएन । सबै दल कोशीको मुद्दामा एक ठाउँमा थिए । मात्रै फेरिएका थिए पात्र । सरकारबाट एमालेका नेता हिक्मतकुमार कार्की बाहिरिएका थिए । र, कांग्रेसका नेता उद्धव थापा मुख्यमन्त्री भएका थिए । निर्मलाको पहिचानको आँशु कांग्रेसको उद्धव थापाको आगमनपछि हाँसो बन्यो ।

मुद्दा र मागको हिसाबले परिवर्तन आउने कुनै गुन्जायस पनि थिएन, किनभने नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपासहित प्रमुख दलहरूले कोशीको पक्षमा मतदान गरेका थिए । प्रदेशसभाको मतदानमा कोशी नामको पक्षमा ८२ र विपक्षमा चार मत खसेको थियो । मतदानमा ६ जना प्रदेशसभा सदस्यहरू अनुपस्थित भए । नेकपा (एकीकृत समाजवादी) का ४ प्रदेशसभा सदस्यले मात्रै विपक्षमा मतदान गरेका थिए ।

सरकारबाट एमालेका नेता हिक्मतकुमार कार्की बाहिरिएका थिए । र, कांग्रेसका नेता उद्धव थापा मुख्यमन्त्री भएका थिए । निर्मलाको पहिचानको आँशु कांग्रेसको उद्धव थापाको आगमनपछि हाँसो बन्यो ।

पहिचानको मुद्दालाई लिएर एमाले नेता कार्की नेतृत्वको सरकारबाट बाहिरिएकी निर्मला लिम्बुले उही अवस्थामा कांग्रेसका नेता थापा नेतृत्वको मन्त्री बन्दै गर्दा आफ्नो मागको औचित्य बारेमा कुनै उत्तर दिन आबश्यक ठानिनन् । मानौं कि कांग्रेस सरकारमा आउने बित्तिकै पहिचानको मुद्दा सम्बोधन भयो । जबसम्म एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा बहाल रहे, त्यो बेलासम्म पहिचानको आन्दोलन बेस्सरी चर्कियो, सडकमा आगो बल्यो । मुख्यमन्त्री कार्की जहाँ–जहाँ पुगे, त्यहाँ–त्यहाँ पहिचानको आगो दन्कियो । त्यतिमात्रै होइन एमालेका नेताहरु गएका सबै कार्यक्रम बिथोल्ने प्रयास भयो ।

१३ वैशाख २०८० मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मामाथि आक्रमण प्रयास भयो । प्रदर्शनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भए । आफ्नो अध्यक्षमाथि आफ्नै प्रदेशमा आक्रमण भएपछि एमाले सचिव तथा सांसद योगेश भट्टराईले प्रतिनिधिसभामा त्यसको बिरोध गरे । त्यही कारण १४ असार २०८० मा इलाममा भट्टराईमाथि आक्रमणको प्रयास भयो । १० मंसिरमा भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भयो । त्यसयता नेकपा (एमाले)का दर्जनौं नेताहरुमाथि कालो झन्डा देखाइयो । कालोमोसो दल्ने प्रयास भए ।

पहिचानवादीको नाममा एमाले नेताहरुमाथि जहाँ भेट्यो त्यही आक्रमणका प्रयास भए । तर, कोशी नामाकरणमा सहभागी कांग्रेस, माओवादी र राप्रपाका नेताहरु भने निर्धक्क कोशीमा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागी भए, भइरहेका छन् । अहिले नेकपा (एमाले) प्रमुख प्रतिपक्षी दल हो । प्रतिपक्षी अर्थात् खबरदारी र माग राख्ने भूमिकामा छ । सरकारमा कांग्रेस, माओवादी, समाजवादीहरु छन् । तर, पहिचानवादी भनिएकाहरुको प्रमुख निशाना आफू जस्तै खबरदारी गर्ने भूमिकामा रहेको प्रतिपक्षी दलमाथि छ । सरकार सञ्चालन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ताधारी प्रमुख दल शेरबहादुर देउवा र माधव नेपालहरुलाई स्वागत र प्रमुख प्रतिपक्षी दल एमाले र सो पार्टीका अध्यक्ष नेता केपी शर्मा ओलीलाई अबरोध छ । र, भनिन्छ, ‘पहिचानको आन्दोलन ।’

निर्णयपछि के बोल्छन् ? त्यो अलग कुरा हो । तर, कोशीको नामाकरणमा ओली, देउवा र प्रचण्ड एकै ठाउँमा उभिएको तथ्य दुनियाँलाई थाहा छ । भलै कुनैबेला जातीय गणराज्य निर्माण गर्दै हिंडेका प्रचण्डले कोशीमा आएर पहिचानवादीहरुलाई आफ्नो असली पहिचान देखाए । कोशीको पक्षमा उभिएका माधव नेपाल र झलनाथ खनालको ह्वीप भलै पालना भएन । तर, कोशीको विपक्षमा मतदान गरेका आफ्ना पार्टी सचिव तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईलाई स्पष्टीकरण थमाएर माधव नेपालले ओली, देउवा र प्रचण्डसँग ऐक्यबद्धता जनाए ।

कोशी नामाकरणको कथा यही हो । तर, नामाकरणयता निरन्तर आक्रमण भने एमालेमाथि जारी राखिएको छ । अहिले नेकपा (एमाले) अभियान तीन हप्ते लामो संकल्प यात्रामा छ । १४ मंसिरमा आरम्भ भएको ‘झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा’ उत्साहपूर्वक चलिरहेको छ ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार यात्राको उद्देश्य पहाडबाट भइरहेको तीव्र बसाइँसराइँका कारणहरूको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रबर्धनमा सहयोग, राष्ट्र सबल र समृद्ध बन्छ भन्ने आत्मविश्वासमा अभिवृद्धि, जनसम्बन्ध विस्तार र जनगुनासो एवं जनताका सुझाव सङ्कलन हो । यात्राको क्रममा यात्राप्रति राजनीतिक आग्रहभन्दा माथि उठेर सर्वदलीय र सर्वपक्षीय चासो र सरोकार प्रकट भएका छन् ।

एमालेमाथिको प्रतिशोधले एमाले इतरका दलहरुबाट पहिचानाको आवरणमा परिचालित समूह किन नभन्ने ?

यही यात्रालाई अबरोध गर्ने उद्देश्यले उनीहरुले पहिचानवादीको नाममा २६ मंसिरदेखि ‘घुर्मी–चिवाभञ्ज्याङ’ बन्दको आह्वान गरेका छन् । २६ मंसिर अर्थात् एमालेको संकल्प यात्रा घुर्मी पुग्ने दिन । त्यही दिनदेखि पहिचानवादीको नाममा अबरोध गर्न अपिल गरिएको छ । एमाले र अध्यक्ष ओलीविरुद्ध उत्तेजित अभिव्यक्ति दिइएको छ । अब यहाँनिर स्वभाविक प्रश्न उठ्छ–कोशी नामाकरणमा सर्बदलीय सहमति थियो । तर, प्रतिपक्षी दल एमालेविरुद्ध मात्रै निशाना किन ?’

एमाले प्रतिपक्षमा छ, कुनै पनि माग सम्बोधन गर्ने ठाउँमा अर्थात् सरकारमा कांग्रेस र माओवादीहरु छन् । तर, आक्रमण एमालेमाथि किन ?

प्रमुख प्रतिपक्षी दलले शान्तिपूर्वक रुपमा गरिरहेको कार्यक्रमलाई बिथोल्नकै लागि आयोजना गरिने यस्ता बिरोधका कार्यक्रमले पहिचानको आन्दोलनलाई बलियो पार्छ कि कमजोर र बदनाम ?

पछिल्लो समयमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशीताबिरुद्धमा एकपछि अर्को षड्यन्त्र भइरहेका छन् । उनीहरुविरुद्ध चुँ नबोल्ने अनि गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशीताको पक्षमा दृढतापूर्वक उभिएको दलविरुद्ध आक्रमण किन ?

एमालेमाथिको प्रतिशोधले एमाले इतरका दलहरुबाट पहिचानाको आवरणमा परिचालित समूह किन नभन्ने ?

पहिचानको नाममा एमालेमाथि ढुंगा हान्न अपिल गरिरहेका नेताहरुलाई कम्तीमा यत्ति प्रश्न सोधेर मात्रै सडकमा निस्किनुपर्छ, नत्र भने पहिचानको आन्दोलन बलियो होइन कमजोर हुन्छ ।

कस्को पहिचान, कस्तो पहिचान ?
यो बहस पहिचानको विपक्ष वा पक्षमा पटक्कै होइन । पहिचान आफैंमा प्रिय छ । तर, सीमित समूहले पहिचानको आन्दोलनलाई कसरी बिरुप र बदनाम बनाइरहेका छन् ? त्यसको बहस हो । एकथरीले जबर्जस्ती निर्माण गर्न खोजेको भाष्य हो, ‘एमाले भनेकै पहिचान बिरोधी ।’ ‘पहिचानवादी’को प्रारम्भिक योग्यता माओवादी–समाजवादी–कांग्रेस पक्षधर हुनु र अधिकतम् योग्यता एमालेलाई ढुंगा हान्नु हो । यहाँनिर प्रश्न उठ्छ, ‘एउटा दल जो प्रतिपक्षमा छ, प्रतिपक्ष विरुद्ध प्रतिशोध साँधेर मागेर मागिन खोजिएको कस्तो पहिचान, कस्को पहिचान ?’

पछिल्लो समयमा हिन्दू राज्यको पक्षमा खुब अभियान चलिरहेको छ । तर, त्यसका नेतामध्येका एक हुन्, बदनाम र विवादित हिन्दू धर्मगुरु आचार्य श्रीनिवास । जो समाजलाई बिखण्डन गर्ने गरी घृणापूर्वक अभिव्यक्ति दिन्छन् । काटमार, हत्या भन्दा उनको अर्को प्रिय शब्द छैन । हिन्दुराज्यको अजेन्डा हाइज्याक गरेर हिडिरहेका आचार्य श्रीनिवासले वर्तमानमा दिइरहेका अभिव्यक्ति जति घृणालायक छन्, उनको विगत पनि उस्तै ।

पहिचानको पक्षमा होइन एमालेविरुद्ध गतिबिधि केन्द्रित गरिरहेका छन् । हिजो पहिचानको नाममा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशिता लागु गर्न निर्णायक भूमिका निर्वाह गर्ने संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङको टाउको ताकी–ताकी ढुंगा हानियो । ओखलढुङ्गातिर यज्ञराज सुनुवारहरु, भोजपुरतिर शेरधन राई, हरि राईहरु, धनकुटातिर राजेन्द्र राई, तेह्रथुमतिर विजय सुब्बा, ताप्लेजुङतिर पासाङ्ग शेर्पा, पाँचथरतिर वसन्त नेम्बाङ र इलामतिर राम रानाहरुको टाउकोमा ढुंगा हानेर कसरी आन्दोलन बलियो हुन्छ ?

२०७५ चैत २५ मा आफू चर्चित हुनलाई आफैंले गोली हान्न लगाएका थिए । अनुसन्धानको क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई प्रहरीले पक्राउ गरेको थियो । उनको अभिव्यक्ति अहिले हिन्दू राज्यको पक्षमा भन्दा पनि अन्य धर्म मान्नेहरुको विरुद्धमा केन्द्रित छ । परिणामतः हिन्दू धर्मप्रति बितृष्णा जगाउने काम भएको छ । हिन्दू धर्मलाई सबैभन्दा बढी खतरा आचार्य श्रीनिवासहरुबाट नै छ । त्यसैले हिन्दु धर्मको गरिमा बचाउने भने आचार्य श्रीनिवासहरुको नियन्त्रण जरुरी छ ।

ठिक त्यसैगरी पहिचानको आन्दोलनमा पनि आचार्य श्रीनिवास प्रवृत्ति जन्मिएको छ । जो पहिचानको आन्दोलनको आवरणमा घृणापूर्वक अभिव्यक्ति दिन्छन् । पहिचानको पक्षमा होइन एमालेविरुद्ध गतिबिधि केन्द्रित गरिरहेका छन् । हिजो पहिचानको नाममा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशिता लागु गर्न निर्णायक भूमिका निर्वाह गर्ने संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङको टाउको ताकी–ताकी ढुंगा हानियो ।

आज ओखलढुङ्गातिर यज्ञराज सुनुवारहरु, भोजपुरतिर शेरधन राई, हरि राईहरु, धनकुटातिर राजेन्द्र राई, तेह्रथुमतिर विजय सुब्बा, ताप्लेजुङतिर पासाङ्ग शेर्पा, पाँचथरतिर वसन्त नेम्बाङ र इलामतिर राम रानाहरुको टाउकोमा ढुंगा हानेर कसरी आन्दोलन बलियो हुन्छ ? कोशी छिर्ने रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्य, पृथ्वीसुब्बा गुरुङहरुको बाटोमा अबरोध गरेर पहिचानको आन्दोलनले कसरी फराकिलो बाटो निर्माण गर्न सक्छ । प्रकारान्तरले आन्दोलनका यस्ता पात्र र प्रवृत्ति पहिचानका पक्षधर होइनन् शत्रु हुन् । साँच्चिकै पहिचानको पक्षमा आन्दोलन हो भने ढुंगा होइन, फुलले स्वागत गरेर एमाले अध्यक्ष ओली र सिंगो टिमलाई आफ्नो अजेन्डा सुनाउनु हित हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७