सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा, पहिलो नम्बरमै पेसी


२४ मंसिर २०८०, आईतवार
sandeep lamichhane

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ । उनको सुनुवाइ पहिलो नम्बरमै रहेको छ । यसअघि पटक–पटक स्थगित हुँदै आएको पेसी दुबै पक्षले बहस नोट अदालतमा बुझाएपछिको पहिलो पटक पेसीमा चढेको हो ।

गत २३ कातिकमा अदालतले बहस नोट बुझाउन आदेश दिएपछि दुबै पक्षका कानुन व्यवसायीले लिखित रूपमा बहस नोट अदालतसमक्ष प्रस्तुत गरेसँगै अब सन्दीपको बलात्कार मुद्दाले किनारा पाउने विश्वास गरिएको छ । सन्दीप लामिछानेको मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले विभिन्न प्रमाणित कागजातहरू माग गर्दै आएको भएपनि गत २३ कातिकमा भने बहस नोट माग गरेको हो । विभिन्न बहानामा पटक–पटक स्थगित हुँदै आएको मुद्दामा न्यायाधीश केशव घिमीरेको इजलासले गत २३ कात्तिकमा दुबै पक्षलाई २२ मंसिर भित्र बहस नोट अदालतमा बुझाउन आदेश दिएको थयो ।

जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा लामो समयदेखि चलिरहेको छ । गत वर्षको १५ फागुनमा नै सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिँदा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो । तर उक्त आदेश दिएको ९ महिना बितिसक्दा समेत मुद्दाले किनारा पाउन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७