नेपाललाई तेस्रो सफलता : हेमन्त धामीले एकै ओभरमा लिए दुई विकेट


२४ मंसिर २०८०, आईतवार
hemata dhami e1702189117391

काठमाडौं । एसीसी यू–१९ एशिया कप क्रिकेटमा नेपालले अफगानिस्तानको तीन विकेट लिएको छ । आज (आइतबार) बिहान दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा भएको खेलमा नेपालका हेमन्त धामीले एकै ओभरमा अफगानिस्तानको लगातार दुई विकेट पतन गराएका हुन् ।

६.३ ओभरमा धामीले अफगानिस्तानका अकरम मुहम्मदलाई बोल्ड आउट गराए । त्यसअगाडि ६.२ ओभरमा धामीको बलमा गुल्सन झाले खालिद तानिवाललाई आउट गराएका थिए । यस्तै गुल्सन झाले अफगानिस्तानका वफीउल्लाह तराखिललाई आउट गराएका थिए । तीव्र गतिका बलर झाको बलमा उनलाई देव खनालले क्याच आउट गराएका हुन् ।

नेपालले टस जितेर अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको छ । अहिले अफगानिस्तान ६.४ ओभरमा तीन विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ । सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ । नेपालले तेस्रो खेल मंगलबार भारतसँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७