अदालत भ्रष्टचारी र अपराधीलाई सुनपानी छर्ने पण्डित हाे : विप्लव


९ कार्तिक २०७४, बिहीबार
Bilap

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको न्यायपालिका भ्रष्ट भएको भन्दै चर्को आलोचना गरेका छन् । सर्वोच्च अदालत अपराधी र भ्रष्टचारीलाई सुनपानी छर्ने पण्डित जस्तै भएको आरोप लगाए ।

Bilap

रुसी अक्टोबर क्रान्तिको शतवार्षिकी अवसरमा बुधबार खुलामञ्चमा आयोजित सभामा बोल्दै विप्लवले अदालतले खराबलाई असल भन्ने काम बाहेक अरु केही नगरेको उनको जिकिर छ । उनले भने,‘अदालत सुनपानी छर्किने पण्डित जस्तो भइराखेको छ ।’ खराबहरुले असल पुष्टी गर्न अदालत जाने अवस्था निर्माण भएको उनको भनाई छ । उनले भने, ‘जनताले यो चहिँ खराब हो भनेर औला उठायो भने हत न पत्त अदालत गएर म कस्तो हो ? भनेर भन्यो भने तपाई राम्रो मान्छे हो भनेर पठाइदिने जस्तो भएको छ ।’

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले बर्खास्त गरे पनि अदालतले उन्मुक्ति दिएको भन्दै उनले ठूला भ्रष्टाचनरीलाई उन्मुक्ति दिएर अदालतले सुनपानीको काम गरेको आरोप लगाए। उनले भने,‘सर्वोच्च अदालत त अब भ्रष्टाचारीलाई चोख्याउने सुनपानी बन्यो। करोडौँको भ्रष्टाचार गर्नेलाई पनि हजुर त महान हो। तपाई बिना देश चल्दैन भन्दै छाड्न थाल्यो।’

वाम होइन, दाम गठबन्धन

biplap

विप्लवले नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित बाम गठबन्धन अमेरिका र भारताको डिजाइनमा बनेको दावी गरे । नेपालमा पुँजीवादी व्यवस्था लागू गर्न भारत र अमेरिकाले डिजाइन गरेर बाम गठबन्धन बनाएको उनको दावी छ। उनले वाम गठबन्धन सत्ताको लागि मात्र भएको आरोप लगाए। उनले भने,‘यो पुँजीवादी देश भारत र अमेरिकाको डिजाइन हो। यसले जनताको हितमा काम गर्न सक्दैन।’

विदेशीको दासी हुने प्रवृतिका कारण एमाले र माओवादी केन्द्रको गठबन्धन भएको विप्लवको दावी छ। ‘वाम भनेको प्रतिपक्षमा बस्ने भन्ने बुझिन्छ। तर अहिलेको गठबन्धन सरकारमा पनि छ प्रतिपक्षमा पनि छ। यो बाम गठबन्धन होइन ‘दाम’ गठबन्धन हो।’ उनले संसदीय व्यवस्था भन्दा माथि जान नचाहने एमाले र जनताको बहुदलीय जनवाद नमान्ने माओवादी केन्द्र बीचको गठबन्धनले आफू अचम्मित भएको बताए।

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण

विप्लवले आफूहरुले पुनः क्रान्ति गर्न चाहेको भन्दै सहयोग गर्न जनतालाई आग्रह गरे। उनले भने,‘देशमा भ्रष्टाचार बढेको छ। ऋणले कृषक मर्ने बेला भएको छ। जताततै नैराश्यता मात्र छ। त्यसैले अब यसका विरुद्ध हामी सडकमा उत्रनु पर्छ। तपाईंहरुले साथ दिनुहोस् हामी क्रान्ति गर्न तयार छौं।’

विप्लवले मुलुक भ्रष्टाचारले आक्रान्त भएको भन्दै भन्दै भ्रष्टाचारविरुद्ध कालोमोसो लगाउने अभियानले अभियानले मात्र नपुगेको बताए । उनले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए । ‘भ्रष्टाचारीको सम्पत्ति हामीले पार्टीमा ल्याउँदैनौं,’ विप्लवले भने, ‘भ्रष्टाचारीको सम्पति अब राष्ट्रियकरण गर्नुपर्छ ।’ उनले भ्रष्टाचारीलाई कारबाही गर्न मिडियाले पनि सघाउनुपर्नेमा जोड दिए । ‘भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने, कारबाही गर्न खोज्दा कानून हातमा लियो भन्ने ?’, उनको पत्रकारमाथि प्रश्न थियो, ‘भ्रष्टाचारीलाई कारबाही गर्नुपर्यो पनि भन्ने कारबाही गर्न खोज्दा कानून हातमा पनि लियो भन्ने, अनि के गर्ने त ?’

हामी युद्ध चाहदैनौं

उनले आफूहरूले युद्ध नचाहेको बताए । ‘हामी युद्ध चाहदैनौँ, दास हुन पनि चाहदैनौँ, आत्मसम्मानसहित बाँच्न चाहन्छौँ,’ उनले भने । विदेशमा दास हुनुभन्दा देशको स्वाधीनता रक्षाका लागि बलिदान दिनु उचित हुने उनले बताए । विप्लपले देशको स्वाधीनताका लागि आफूहरूले लडाइँ लडिरहेको दाबी गरे । ‘सरकार हामीबाट खतरा छ भन्दै छ । प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठकमा हामीबाट चुनावमा खतरा हुन सक्ने तर्क गरेछन्,’ उनले भने, ‘हामीभन्दा नेपाल र नेपालीका लागि खाडी मुलुकमा युवायुवीलाई दास बनाउनेबाट खतरा छ । देशलाई भ्रष्टाचारको चंगुलमा फसाउनेबाट खतरा छ ।’

कांग्रेस संग्रहालयमा
विप्लवले कांग्रेस काम नलाग्ने गरी थोत्रिसकेको भन्दै कांग्रेसलाई अब संग्रहालयमा राख्ने तर्क गरे ।। लामो समयदेखि कांग्रेसले जनतालार्इ ठगेर खाएको आरोप लगाउँदै उनले भने, ‘कांग्रेसले जतिबेला प्रजातन्त्रको कुरा गर्थ्यो नि, यस्तै केही(केही भिडाएर ध्वस्त पारे। कांग्रेसको लोकतन्त्रको कुरा कसले विश्वास गर्छरु उसलार्इ आफै विश्वास छैन। लोकतन्त्रका कुरा गर्ने लोकतन्त्र ल्याउँछु भन्ने शेरबहादुरलार्इ पनि विश्वास छैन। कांग्रेस काम नलाग्ने पार्टी भएको छ। यसलार्इ संग्रहालयमा राख्नुपर्ने भैसकेको छ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७