विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका प्रधानमन्त्रीलाई नेपालको आग्रह


२५ मंसिर २०८०, सोमबार
np saud qatar

काठमाडौँ । इजरायल आक्रमणका क्रममा हमासको नियन्त्रणमा पुगेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार समक्ष नेपालले औपचारिक आग्रह गरेको छ ।

कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँगको शिष्टाचार भेटमा यस्तो आग्रह गरेका हुन् । कतारको दोहामा भएको भेटमा दुईपक्षबीच व्यापार र लगानीका विषयमा, कतार फण्ड फर डेभलपमेन्टमार्फत् सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदानका साथै विपिन जोशीको रिहाइका विषयमा विशेष छलफल भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

कतारका प्रधानमन्त्रीले विपिनको रिहाइका लागि सबै प्रयास भइरहेको जानकारी गराएका थिए । विपिन गत असोज २० गतेदेखि हमास समूहको कब्जामा छन् । हमासकै आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७