यु–१९ एशिया कप : नेपालले आज भारतसँग खेल्दै


२६ मंसिर २०८०, मंगलवार
crciket EuSndWdbjg

काठमाडौं । एसीसी अण्डर नाइन्टिन (यु–१९) एशिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज (मंगलबार) नेपाल भारतसँग भिड्दै छ । एशिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्वपूर्ण रहेको छ । खेल विहान पौने ११ बजे दुबईमा हुनेछ ।

गणितीय हिसाबले समूहका चारै टिम सेमिफाइनल पुग्ने सम्भावना छ । तर, नेपालका लागि भारत निकै कठिन प्रतिद्वन्द्वी हो । उसले पहिलो खेलमा अफगानिस्तानलाई हराए पनि दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । नेपालले भने आफ्ना सुरुआतका दुवै खेल हारेको छ ।

पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । आज नै हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानको सामना गर्नेछ । पाकिस्तानले ठूलो अन्तरले अफगानिस्तानलाई हराएमा र नेपालले पनि ठूलो अन्तरले भारतलाई हराउन सके मात्र नेपाल सेमिफाइनलमा पुग्न सक्नेछ । त्यसैले नेपाल आज जित दर्ता गर्ने लक्ष्यमा हुनेछ । सेमिफाइनल पुग्ने लक्ष्य राखे पनि नेपालले सुरुआतका दुवै खेल हारेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७