किन सर्‍यो प्रधानसेनापतिलाई जन्ममिति विवादबारे छलफल गर्न बोलाइएका संसदीय समितिको बैठक ?


२६ मंसिर २०८०, मंगलवार
Prabhu ram sharma scaled

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्न मंसिर २७ गतेलाई बोलाइएको राज्य व्यवस्था समितिको बैठक सरेको छ । समितिका सभापति रामहरी खतिवडाले बैठक पुस ४ गतेका लागि सरेको जानकारी दिएका छन् । मध्यपहाडी लोकमार्ग यात्राका कारण नेकपा (एमाले) का सांसदहरू उपस्थित हुन नसक्ने भएपछि बैठकको मिति सारेको सभापति खतिवडाले बताए ।

खतिवडाले भने, ‘सेना जस्तो संगठनका अधिकारीहरूको जन्ममिति सम्बन्धी समस्या सधैंका लागि हल होस् भनेर छलफल गर्न लागेका हौं ।’ समितिले सेनाका उच्च अधिकारीहरूको जन्ममिति विवाद, फास्ट ट्र्याक लगायतका विषयमा छलफल गर्न प्रधानसेनापति शर्मालाई बैठकमा बोलाएको थियो ।

पछिल्लो पटक सेनाका रथी अशोकराज सिग्देलको जन्ममिति विवादित बनेको छ । प्रधानसेनापतिको रोलक्रममा रहेका सिग्देलको जन्ममिति सम्बन्धी समाचार हिमालखबरले सार्वजनिक गरेको हो । त्यसअघि जन्ममिति विवादकै कारण उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७