१७ उपसचिव सहसचिवमा बढुवा सिफारिस, को–को परे ? (सूचीसहित)


२०८० मङ्सिर २६ मंगलबार ११:५५ बजे

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका १५ जना उपसचिव र प्राविधिक सेवाका २ जना गरी १७ जनालाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । सामान्य प्रशासनको बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) मा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रशासन सेवा समूहको सहसचिवमा बढुवा सिफारिस हुने उपसचिवहरूमा खिमबहादुर रायमाझी, कृष्ण बहादुर बस्नेत र सुवासचन्द्र सिवाकोटी रहेका छन । खिमबहादुर कुँवर, जयबहादुर भण्डारी, विष्णु प्रसाद पौडेल र विनोद लामिछाने पनि बढुवा सिफासिरमा परेका छन् । रामबाबु पुरी, केशवराज ढकाल, कमान सिंह खत्री, विष्णु प्रसाद ज्ञवाली, नारायण ढकाल, गोपाल कोइराला, पुष्कर न्यौपाने र मिमांस अधिकारी पनि सहसचिव बढुवाका लागि सिफारिस भएका छन् ।

प्राविधिक सहसचिवका लागि सिफारिस
यसैगरी थप ४ जना प्राविधिक उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले इञ्जिनियरिङ सेवा, सिभिल, हाइवे उपसमूहबाट उपसचिवद्वय नरेन्द्र सुवेदी र दीप बराहीलाई बढुवा सिफारिस गरेको हो ।
यस्तै, इञ्जिनियरिङ सेवा, सिभिल, स्यानिटरी उपसमूहबाट नारायण प्रसाद आचार्य र टीकाबहादुर चौधरी बढुवाका लागि सिफारिस भएका छन् । यी चारै जना जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट बढुवाका लागि सिफारिस भएका हुन् ।

यस्तै, सामान्य प्रशासन मन्त्रालयले दुई प्राविधिक उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस समितिले लेखापरीक्षण सेवातर्फ एक र इन्जिनियरिङ सेवातर्फ गरी दुई जनालाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको बताइन्छ । लेखापरीक्षण सेवातर्फ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा उपसचिव पशुपतिकुमार काफ्ले रहेका छन् ।

मन्त्रालयस्रोतका अनुसार, लेखापरीक्षकतर्फ एकजना सहसचिवका लागि एकै जनाको सिफारिस भएको छ । इन्जिनियरिङ सेवातर्फका उपसचिव माधवजंग कार्की सहसचिव बढुवाका लागि सिफारिसमा परेका छन । उक्त कलस्टरतर्फ भने चार जनाको आवेदन परेको थियो । जसमा दोस्रो नम्बरमा भीमार्जुन पाण्डे, तेस्रो महेश्वर घिमिरे र चौथोमा पुष्करप्रसाद पोखरेल रहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७