तीन दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज


२०८० मङ्सिर २८ बिहीबार ०७:२० बजे

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तीन वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणबाट इन्टरनेट (इ–मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको हो ।

ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरुको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ । ती संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि प्राधिकरणले ताकेता गरेको छ । अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७