मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, ठक्कर दिने गाडी समातिएपछि खुल्यो अरनिको राजमार्ग


२८ मंसिर २०८०, बिहीबार
kavre accident 1 9nVnBZg624

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएपश्चात् अवरूद्ध अरनिको राजमार्ग सुचारू भएको छ ।

दुर्घटनामा काभ्रेकै रूपक खत्रीको मृत्यु भएको थियो । उनको आफन्त घटनास्थल पुगेर शव बुझेसँगै स्थानीयले अवरोध गरेको राजमार्ग सुचारू भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बिहीबार (आज) बिहान पाँचखाल नगरपालिका–६ मा उक्त दुर्घटना भएको थियो ।

प्रहरी कार्यालयको अनुसार बा ८७ प ६४१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । प्रहरीले मोटरसाइकललाई ठक्कर दिने सवारीसाधन पनि पहिचान गरिसकेको छ । प्र.३–०१–००५ ख ९७०३ नम्बरको डिब्बा गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७