खाँणले बुझाए अदालतमा ३० लाख बैंक ग्यारेन्टी


२९ मंसिर २०८०, शुक्रबार
balkrishna khand

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएका छन् । आज (शुक्रबार) उनले अदालतको आदेश अनुसार नविल बैङ्कमार्फत जिल्ला अदालत काठमाडौँमा बैङ्क ग्यारेन्टी बुझाएका हुन् ।

बैङ्क ग्यारेन्टीबारे कारागारमा जानकारी गराएर पत्र लेखेपछि सम्पत्ति शुद्धीकरणमा उपस्थिति गराइने छ । खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र छाडिने केन्द्रीय कारागार स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७