मेस्सीले विश्वकपमा लगाएको जर्सी ६१ लाख पाउण्डमा बिक्री


२९ मंसिर २०८०, शुक्रबार
messi

काठमाडौँ । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले सन् २०२२ मा कतारमा भएको फिफा विश्वकपमा लगाएका जर्सी ६.१ मिलियन पाउण्डमा लिलाम विक्री भएको छ । न्युयोर्कमा भएको लिलामीमा मेस्सीले विश्वकपका लगाएका ६ वटा जर्सी संयुक्त रुपमा बिक्री भएको हो ।

अर्जेन्टिनाले कतार विश्वकपमा सात खेल खेलेको थियो । जसमा मेस्सीले सातै खेल खेलेका थिए । तीमध्ये समूह चरणको एक खेलमा मेस्सीले अष्ट्रेलियाका क्यामी डेभलिनसँग जर्सी साटेका थिए । बाँकी खेलमा लगाएको जर्सी लिलामीमा राखिएको थियो ।

अर्जेन्टिनाले विश्वकपको फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै पहिलो पटक विश्व च्याम्पियन बनेको थियो । लिलामीबाट भएको आम्दानीको एक भाग लियो मेस्सी फाउन्डेसनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा युनिकास परियोजनालाई दान गरिनेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७