प्रधान सेनापतिद्वारा रथी सिग्देललाई दर्ज्यानी चिह्न प्रदान


२०८० मङ्सिर २९ शुक्रबार ०७:०३ बजे

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
नेपाल सरकार, मन्त्री परिषद्को २८ मंसिरको बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मेका सिग्देल २०४३ साल फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरेका थिए ।

सिग्देल हालका प्रधान सेनापति प्रभुराम शर्मापछि प्रधान सेनापति बन्ने सम्भावना छ । यसअघि सेनाले ताराध्वज पाण्डेलाई रथी बढुवा गर्न सूचना जारी गरेको थियो । तर, उनले जन्ममिति विवादका कारण राजीना बुझाएका थिए ।

सिग्देलले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बहिनीपति, पृतनापति र कमाण्ड सेनापतिका साथै प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको शिक्षाधिकृत, युद्धकार्य निर्देशक, निरीक्षणाधिकृत, संभाररथी र व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७