आफ्नै घरको छतबाट खसेर बेहोस भएका अनुसन्धान विभागका असईको निधन


१ पुष २०८०, आईतवार
ramesh 1

कैलाली । कैलालीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक (असई) को निधन भएको छ । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने अनुसन्धान सहायक रवीन्द्र (रमेश) भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदिप चन्दले भट्टको निधन भएको जानकारी दिए । उनी मंगलबार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका थिए ।बेहोस अवस्थामा उद्धार गरिएका भट्टको घाँटीको पछाडिको हड्डी भाँचिएको थियो । भट्ट राष्ट्रिय अनुसन्धान विभागको महेन्द्रनगरमा अनुसन्धान सहायकका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७