६ उपसचिव सहसचिवमा बढुवाका सिफारिस (सूचीसहित)


२०८० पौष १ आइतबार १०:४२ बजे

काठमाडौं । ६ जना उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । लोकसेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्राविधिकतर्फ ६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

जसमा नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूह अन्तरगत इरिगेशन उपसमूहतर्फ जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा उपसचिव शंकर थापामगर र मिनराज ढकाल सोहि उपसमूहतर्फको सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

यस्तै कार्यक्षमताकै आधाारमा नेपाल कृषि सेवातर्फ कृषि प्रसार (एग्री एक्सटेन्सन) समूहतर्फ उपसचिव टिकाराम थापा, कार्यक्षमताकै आधारमा नेपाल कृषि सेवातर्फकै लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलमेण्ड समूहतर्फ उपसचिव डा.प्रदिपचन्द्र भट्टराई र कार्यक्षमताको आधारमा नेपाल कृषि सेवाकै भेटेनरी समूहतर्फका उपसचिव विनयकुमार कर्ण सोहि समूहको सहसचिव बढुवाका लागि सिफारिस भएका छन् ।

यसतै नेपाल वन सेवाको जनरल फरेष्ट्री समूहतर्फ दीर्घनारायण कोइराला सोहि समूहको सहसचिवतर्फ बढुवाका लागि सिफारिस भएका छन् । सहसचिव बढुवाका लागि सिफारिस भएकामाथि चित्त नबुझेमा अबको ३५ दिनभित्र बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने छ । यदि कोही कसैको उजुरी नपरेमा दुवै जनालाई सरकारले सहसचिवमा बढुवा गर्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७