बाजुरामा ट्रयाक्टर दुर्घटना, तीन जनाको मृत्यु


१ पुष २०८०, आईतवार
accident 2

बाजुरा । बडिमालिका नगरपालिकाको खडिगाडमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सदरमुकाम मार्तडीबाट गौमुलतिर जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । ट्रयाक्टर चालकको उद्धार भइरहेको स्थानीयले बताएका छन् ।

घर निर्माणमा प्रयोग हुने सामान ओसार्न प्रयोग गरिएको ट्याक्टर अर्को साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा उद्धारका लागि प्रहरी र स्थानीयको टोली पुगेको बडिमालिका–२ वडाअध्यक्ष डम्म महतले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७