बार्यनको जीतमा केनले बनाए कीर्तिमान


२ पुष २०८०, सोमबार
132076661 gettyimages 1862896173 1 VISs1HTVIb

काठमाडौं । ह्यारी केनको दुई गोल मद्दतले बायर्न म्युनिखले चौथो स्थानमा रहेको स्टुटगार्डलाई ३–० गोलले हराएको छ । योसँगै केन बुन्डेस लिगामा सबैभन्दा चाँडो २० गोल गर्ने खेलाडी बनेका छन् ।

केनले दोस्रो मिनेटमा नै लिरोय सानेको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । थोमस मुलर र किम मिन जेको गोल अफसाइड करार गर्दै रद्द गरिएपछि केनले दोस्रो हाफको ५५ औँ मिनेटमा दोस्रो गोल गरे ।

लिगमा आफ्नो १४ औँ खेलमा नै २० गोल पुरा गर्न सफल भएका हुन् । यसअघि ह्यामबर्गका उवे सिलरले सन् १९६३–६४ सिजनमा २१ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।

६३ औँ मिनेटमा किमले बायर्नको तेस्रो गोल गरे । टोलीका लागि उनको यो पहिलो गोल थियो । जीतपछि बायर्न ३५ अङ्कसहित लिगको दोस्रो स्थानमा छ । आइतबार नै फ्रांकफर्टलाई ३–० गोलले हराएको बायर लेभरक्युजन ३९ अङ्कसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७