शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाख पाइने, पूरा भयो विद्यार्थीको माग


१५ जेष्ठ २०७५, मंगलवार
budget6

काठमाडौ, १५ जेठ । आर्थिक वर्ष २०७५–७६ को बजेटले शैक्षिक प्रमाण–पत्र धितो राखेर ऋण लिन सक्ने व्यवस्था गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा आव २०७५–७६ को बजेट सार्वजनिक गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाख रुपैंयाँसम्म बिना व्याज ऋण लिन सक्ने व्यवस्था मिलाएको जानकारी गराएका छन् ।budget6

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन चाहने युवाहरुका लागि थप अन्य कुराहरु आउँदा दिनमा व्यवस्थित गर्दै लगिने पनि अर्थमन्त्री डा. खतिवडाले बताएका छन् । उनले बजेटले गरेको व्यवस्थाले शैक्षिक वेरोजगारी कम गर्दै युवाहरुलाई व्यवसायमा लाग्न प्रेरित गर्ने पनि बताए ।

विगतदेखि नै विद्यार्थी संगठनहरुले शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट ऋण पाउनु पर्ने माग गर्दै आएका थिए । अखिलले अगुवाई गर्दै आएको यो माग अर्थमन्त्री खतिवडाको पालामा आएर पूरा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७