अहिलेको खिचडी सरकार असफल भइसक्यो, देश अगाडि बढाउन सक्दैन : विष्णु पौडेल


३ पुष २०८०, मंगलवार
bishnu poudel

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् । वर्तमान सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारूढ दलका नेताहरूले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको दाबी समेत गरे ।

आज (मंगलबार) पूर्व उपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि बोक्ने किन ? भनि प्रश्न पनि गरे । उनले वर्तमान सरकारलाई खिचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दुःख मात्रै पाउने जिकिर गरे ।

वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको भनाई थियो । उनले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि पटक–पटक दोहोर्‍याए । उपाध्यक्ष पौडेलले सरकार परिवर्तनका लागि एमालेसँग संसदको अंंक गणित पर्याप्त नभएकाले त्यतातर्फ ध्यान नदिएको स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७