नबिल बैंकले ल्यायो मेशिनबाट ‘चेक क्लियरिङ’ को सुविधा


४ पुष २०८०, बुधबार
nabil kiosk cheque clearing machine

काठमाडौँ । बैङ्किङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैङ्कले कीओस्क मेशिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधा प्रारम्भ गरेको छ । यस सुविधामार्फत बाहिरी क्लियरिङ चेक अब ग्राहक स्वयंले कीओस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्ने बैङ्कले जनाएको छ ।

यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकूल पारि कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्ने छन् । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फूर्त रूपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरूले पूर्ण रूपमा लाभ लिनेमा विश्वस्त रहेको बैङ्कले जानकारी दिएको छ ।

हाललाई नबिल बैङ्कका काठमाडौँ उपत्यकामा ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ । बैङ्कका अनुसार उपत्यकाभित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगञ्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिनेछ । नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्कमध्ये एक हो । बैङ्कले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेशिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैङ्कसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७