शिक्षाशास्त्रका विद्यार्थीले सामुदायिक बिद्यालयमा अनिवार्य इन्टर्न गर्न बजेट


१५ जेष्ठ २०७५, मंगलवार

काठमाडौँ, १५ जेठ । सरकारले शिक्षाशास्त्र संकायका विद्यार्थीलाई सामुदायिक बिद्यालयमा अनिवार्य इन्टर्न गर्न बजेट छुटाएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सांसदमा बजेट प्रस्तुत गर्दै शिक्षाशास्त्र संकायका स्नातकोत्तर विद्यार्थीहरुले अनिवार्यरुपमा सामुदायिक विद्यालयमा इन्र्टन गर्नका लागि बजेट छुटाएको उल्लेख गरेका छन् ।khatiwada

यसैगरी विज्ञान गणित अंग्रेजीका लागि थप व्यवस्था शिक्षकका लागि बजेट छुटाइने भएको छ । संविधानमा उल्लेख भएअनुसार शिक्षा मानवअधिकारका रुपमा सुनिश्चित गरिएकाले अपांगता भएका फरक क्षमताका बालबालिकाका निम्ति विशेष शिक्षा लागू गरिने अर्थमन्त्री युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

यस्तै दुर्गम स्थानका स्थानीय तहका सामुदायिक विद्यालयमा पौष्टिक दिवा खाजा उपलब्ध गराउने भएको छ । दलित तथा लोपोन्मुख समुदायको बालबालिका लागि निशुल्क उच्च शिक्षा उपलब्ध गराउने भएको छ ।

विद्यालय तथा छात्रावासको भौतिक निर्माणलाई बालमैत्री तथा अपांगतामैत्री तुल्याइने पनि उल्लेख छ ।   सातै प्रदेशमा पूर्वाधारयुक्त विशेष शिक्षालगायत आवासीय विद्यालयको संचालन गरिने भएको छ

हरेक स्थानीय तहामा प्राविधिक शिक्षा स्थापना गरिने र सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट व्यवस्था गरिने भएको छ । सामुदायिक विद्यालय प्राविधिक शिक्षाका लागि ८४ करोड ३ लाख बजेट छुटाएको छ ।

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याजदरमा ७ लाखसम्म ऋण दिने भएको छ ।

नेपाली सांकेतिक भाषाको विकास तथा अनुसन्धान तथा व्यावसायिक रुपमा प्रवर्द्धनका कार्य गरिने पनि उल्लेख छ । मदरसा, गुम्बा, गुरुकुलजस्ता धार्मिक शिक्षासमेत आधुनिक शिक्षासँग जोडिने छ । विपन्न वर्गका विद्यार्थीलाई विद्यालयदेखि उच्च शिक्षा निस्शुल्क हुने बताइएको छ ।

दुई वर्षभित्र ‘साक्षर नेपाल’ घोषणा गरिने उल्लेख छ । भने सरकारले शिक्षामा १ खर्ब ३५अर्ब बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७